फिचर

फिदिम १ का वडाध्यक्ष हर्क मोक्तानको निधन

पाँचथर : पाँचथर सदरमुकाम फिदिमको वडा नम्वर १ का वडाध्यक्ष हर्क मोक्तानको आज निधन भएको छ । मधुमेह सहित विभिन्न समस्याको उपचार गराँउदै आउनु भएका उहाँको केहिवेर अघि फिदिम स्थित आफ्नै घरमा निधन भएको हो । मोक्तान नेपाली कांग्रेसवाट निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टी कहाँ र कहिले गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । उहाँ नेपाली कांग्रेसका फिदिम नगर सभापति समेत हुनुहुन्थ्यो ।

error: Content is protected !!