मोफसल

जापान जाने नेपाली कामदारका लागि भाषा परीक्षा कात्तिकमा हुने

पाँचथर :बैदेशिक रोजगारीमा जापान जाने नेपाली कामदारका लागि भाषा परीक्षा कात्तिक ११ र १२ मा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लैजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ । भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको छ ।

मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकाले केही दिनमा सबै कुरा टुङ्गीने छ । सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो ।

सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लौजाने भएपनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लौजान जापान तयार भएको हो

radionrn