अर्थ

चीनसँग सीमा जोडिएकोओलाङ्चुङ्गोला पहिरोको जोखिममा

पाँचथर:बर्षायाम सुरु भएदेखि नै ताप्लेजुङको ओलाङ्चुङ्गोला बस्तीका बासिन्दा त्रसित बनेका छन् ।

भिरालो र कमजोर भूधरातलका कारण जुनसुकै बेला पहिरो खस्ने सम्भावना भएका कारण बस्ती जोखिममा परेको हो ।ताप्लेजुङको पर्यटकीय तथा ऐतिहासिक महत्वको ओलाङचुङगोला बस्ती नदी कटानका कारण निरन्तर झरिरहने पहिरोको जोखिममा छ ।

३ हजार १ सय मिटरको उचाईमा अवस्थित यो बस्ती चीनसँग सीमा जोडिएको छ ।झण्डै ४ सय वर्ष पुरानो ऐतिहासिक छिकिछ्योलिङ गुम्बा रहेको बस्तिमा तमोर नदिको कटानका कारण जोखिम बढ्दै गएको हो ।

नदीको कटान नरोकिएको र पहिरो बस्तीतर्फै सोझिन थालेकाले बस्ती नै सखाप पार्ने हो कि भन्ने चिन्ताले स्थानीयलाई तर्साइरहन्छ ।फक्ताङलुङ गाउँपालिकाको ७ नम्बर वडामा पर्ने ओलाङचुङगोला सदरमुकाम फुङिलङदेखि २६ कोष उत्तरमा छ ।

जहाँ वालुङ भनेर चिनिने भोटे जातीका ४७ घरपरिवारको बसोबास छ ।ऐतिहासिक रुपमा बनाइएका काठका लहरै घर रहेको ओलाङचुङगोलामा ६५ घर एकै ठाउँमा रहेका छन् ।

हिउँदमा कठ्यांग्रिँदो चिसो सहनुपर्ने उनीहरुलाई वर्षायमामा पहिरो खस्ला कि भन्ने त्रासले झस्काउछ ।प्रतिवर्ष पहिरोको जोखिम बढ्दै गएको बस्तीमा रोकथामको प्रयास कतैबाट भएको छैन ।

रोकथामका लागि वडाको बजेट अपर्याप्त रहेको र प्रदेश तथा संघिय सरकारलाई अनुरोध गरिएको वडाध्यक्ष छेतेन शेर्पा ९भोटे० बताउँछन् ।चीनको रिउ बजारसँग सडक सञ्जालले जोडिएको ओलाङचुङ्गोला सुगम बन्दै गए पनि पहिरोको त्रासले भने स्थानीयलाई सधैँ लखेटिरहेको छ ।

इमेजखबर