फिचर

पाँचथरको हिलिहाङमा निर्माणाधिन पार्कको छत खस्दा २ जनाको ज्यान गयो


पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ७ टाहारीमा निर्माणाधिन यलम्वर पार्कको छत खस्दा २ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरुमा हिलिहाङ ७ का ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राई छन ।
हिलिहाङ ७ टाहारी नजिकै गाँउ पालिकाको लगानीमा निर्माणाधिन पार्ककको छत ढलाई पछि खोल्ने क्रममा उनीहरुको ज्यान गएको हो । घट्ना सोमवार विहान भएको हो ।
घट्नास्थलमा प्रहरी पुगिसकेको छ ।
वाँकी १ जना घाइते भएका छन । घाइतेलाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदैछ । घटनाको पूर्ण विवरण आउन वाँकी छ ।
लक्ष्मी गौतम

error: Content is protected !!