मोफसल

नेकपाले जिल्ला इन्चार्जको टुंगो लगायो,पाँचथरमा मौसमलाई जिम्वेवारी

पाँचथर : नेपाल कम्युनिष्ट पार्टि पाँचथरको इन्चार्जमा १ नम्वर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवो मौसमलाई जिम्वेवारी दिइएको छ । यस्तै पुर्व मन्त्री डम्वरसिंह सम्वाहाम्फे र पुर्व सांसद अइन्द्रसुन्दर नेम्वाङलाई सह इन्चार्जको जिम्वेवारी दिइएको छ । यसअघि जिल्ला इन्चार्जको जिम्वेवारी दिइने भनिएका हर्कवहादुर नेम्वाङको भूमिकावारे खुलाइएको छैन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टि पाँचथरको इन्चार्जमा १ नम्वर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवो मौसमलाई जिम्वेवारी दिइएको छ । यस्तै पुर्व मन्त्री डम्वरसिंह सम्वाहाम्फे र पुर्व सांसद अइन्द्रसुन्दर नेम्वाङलाई सह इन्चार्जको जिम्वेवारी दिइएको छ । यसअघि जिल्ला इन्चार्जको जिम्वेवारी दिइने भनिएका हर्कवहादुर नेम्वाङको भूमिकावारे खुलाइएको छैन ।लामो समयपछि आज बसेको सचिवालय बैठकले पार्टी एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने नेताहरुले बताएपनि कार्यविभाजनसहितको काम भने टुंगो लगाउन सकेन । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्ग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । १८ जिल्ला र महानगरमा भने सहइन्चार्ज बनाईएको छैन । नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रका जिल्ला इन्चार्जलाई नै निरन्तारता दिदै जिम्मेवारी तोकेको हो । कतिपय जिल्लामा १० जनासम्म सहइन्चार्ज तोकिएका छन् । सिराहामा १० तथा काठमाडौं, धनुषा र दाङमा ९–९ जनालाई सहइन्चार्जको जिम्मेवारी दिईएको छ । काठमाडौंको इन्चार्जमा सावित्रा भुषाल, ललितपुरमा हरि दाहाल र भक्तपुरमा दीलिप कुमार प्रजापति तोकिएका छन् । यस्तै महानगरतर्फ काठमाडौंमा जीवनराम श्रेष्ठ, पोखरामा मानबहादुर जिसी, भरतपुरमा रेणु दाहाल, वीरगञ्जमा दीनेश राई, विराटनगरमा शिवकुमार मण्डल र ललितपुरमा शुसिला नेपाललाई इन्चार्ज बनाईएको छ । ताप्लेजुङ, ईलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, काभ्रे, नुवाकोट, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी, प्युठान, कालिकोट, हुम्ला, डोल्पा र दार्चुला तथा सवै महानगरमा सहइन्चार्ज बनाईएको छैन । ३२ वटा विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास संगठनको एकिकरणको काम भने पर्सी मंगलबार दिउँसो १ बजे बस्ने बैठकबाट टुङ्याउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसअघि गत मंगलबार बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको बैठकले एकीकरणका बाँकी काममा प्रारम्भिक सहमति जुटाएको थियो । एकीकरणको काम सचिवालयले सकेपछि सो निर्णय स्थायी समिति र केन्द्रीय समितिमा पेस हुनेछ । गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा हुँदा ३ महिनाको भाका राखेका नेकपा नेताहरुले बारम्बार समय सार्दै आएका थिए । पार्टी एकता भएको १४ महिना वितिसक्दा पनि एकताको सम्पुर्ण काम सक्न अझै बाँकी छ ।

जततउस्ररदष्त।थिरद्दइष्घज्ग्m

error: Content is protected !!