फिचर

माछा मार्न तमोर नदी गएका पाँचथरका २ जना युवक खोलाले बगाँउदा बेपत्ता

पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ५ का २ जना युवक तमोर नदीमा बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेहरुमा हिलिहाङ ५ सुभाङ निवासी रामप्रसाद सेवाहाङका २१ वर्षीय छोरा सन्दिप सेवाहाङ र मानवहादुर सुहाङका १९ वर्षीय छोरा जीवन सुहाङ छन ।
शनिवार विहान माछा मार्न तमोर नदिमा पसेका उनीहरुलाई खोलाले बगाँउदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुलाई तेह«थुम खण्डतर्फवाट तमोरले वगाएको थियो । उनीहरु सुभाङ र तेह«थुमका छातेढुंगाको सिमावर्ती क्षेत्रमा तेह«थुमकै आफन्तसँग माछा मार्न तमोरमा पसेका थिए ।उनीहरुसँगै रहेका तेह«थुम तर्फका युवक भने पौडेर वँचेको प्रहरीले जनाएको छ । बेपत्ता युवकको खोजी कार्य भइरहेको पनि प्रहरीको भनाई छ ।