फिचर

पांग्रेभीरको पहिरो अनियन्त्रित, मेची राजमार्ग तत्काल खुल्ने सम्भाना टर्यो

पाँचथर : मेची राजमार्गको इलाम फिदिम सडक खण्ड अन्तरगत पाँचथरको पांग्रेभीरको पहिरो नियन्त्रण बाहिर गएको छ ।
चार दिनसम्म पनि पहिरो नरोकिँदा मेची राजमार्गको इलाम फिदिम सडक खण्ड सञ्चालनमा आउन सकेको छैन ।
इलाम फिदिम सडक खण्ड अन्तरगत पाँचथरको फाल्गुनन्द गाँउ पालिका वडा नम्वर ३ पाङग्रेभीरमा निरन्तर रुपमा पहिरो झरिरहँदा सवारी साधन र यात्रु बाट बाटै अलपत्र परेका छन ।
पहिरोका कारण पाँचथर र ताप्लेजुङवाट झापा हुँदै भारतका वजार लैजान लोड गरिएको तरकारी गाडीमै कुहिन थालेको छ भने तराइवाट पहाड ल्याइदै गरेको खाद्यान्न पनि रोकिएको छ । सवैभन्दा धेरै समस्या विरामीलाई भएको छ । ठुला मेसिनको प्रयोग गरेर सडक खुलाउनको विकल्प नरहेकाले त्यसतर्फ अग्रसर हुन स्थानीयले तीनतहकै सरकारसँग आग्रह गर्न थालेका छन ।
पहिरो जाँदै गरेको स्थानको पल्लो र वल्लोछेउमा २ –२ वटा स्कावेटर लगाएर पहिरो पन्छाउने प्रयास गरेपनि झर्नेक्रम नरोकिँदा जोखिम बढ्ने भन्दै पन्छाउने काम नै रोकिएको पाँचथरका प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले वताउनुभयो ।
करिब पाँचसय मिटर क्षेत्रफलमा फैलिएको पहिरोको फेदमा जमेका ढुंगा माटो पन्छाएर बाटो खुलाउने प्रयास गर्दा माथिवाट पुनः झर्ने भएकाले त्यहाँ काम गर्ने जनशक्ति र औजारलाई पनि जोखिम बढेको उहाँको भनाइ छ ।
यसैविच जिल्ला दैवि प्रकोप व्यवस्थापन समितिको हिजोसाँझ वसेको वैठकले पहिरो पन्छाउन जिल्ला र स्थानीय सरकारसँग भएका संयन्त्रको पहुँचले नभ्याउने भन्दै आवस्यक सहयोगका लागि संघीय र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको पनि वस्तीको भनाइ छ ।
वर्षा शुरु भएयता १७ औं पटक अवरुद्ध भएको यो सडक यत्तिका लामो समय बन्द भएको भने यो नै पहिलो पटक हो ।

रेडियो मितेरी Live