मोफसल

जीप दुर्घटनामा २ को मृत्यु, ११ घाइते

पाँचथर: बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको कर्णाली करिडोर अन्तर्गत जगन्नाथ गाउँपालिका( ५ भुवाखोलामा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। क १ ज २१ नम्बरको जीप दुर्घटनामा दुईको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएपी उद्धवसिंह भाटले जानकारी दिएका छन्।घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ बस्ने २५ वर्षीय रामबहादुर शाही र कालिकोट घर भएका जीप चालक २७ वर्षीय रमेश बोगटी रहेको प्रहरीले जनाएको छ। जीपमा सवार १५ जनामा २ जना सकुशल भएको प्रहरीले बताएको छ।

स्रोत अन्नपूर्ण