मोफसल

खोलाले बगाँउदै गरेको कुकुर बचाँउन जाँदा बगेका तामाङ आफै‍‌ मरे

पाँचथर
उदयपुर चौदण्डिगढि नगरपालिका(४ बस्ने ३५ बर्षीय मनकुमार तामाङको खोलामा बग्दै गरेको कुकुर बचाँउन जाने क्रममा बगेर ज्यान गएको छ ।
हिजो बिहान साढे १० बजे सोहि स्थानमा रहेको लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई खोलाले बगाउन लाग्दा कुकुर बचाउन जादा खोलाले बगाएका उनलाई आज मृत अवस्थामा भेटिएको हो ।
उनको शव खोलाले बगाएको स्थानदेखि १ किलोमिटर टाढा फेला परेको े जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।