मोफसल

ताप्लेजुङमा भिरबाट लडेर १ जनाको मृत्यु

सांकेतिक तस्वीर


ताप्लेजुङको फुङलिङ नगरपालिका-१० फुरुम्बु मयुममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका-४ ईखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका-१० फुरुम्बु मयुममा बस्दै आएका बर्ष ६३ का कर्ण बहादुर ल्याबुङ गाँऊतिर जान्छु भनि २४ गते हिडे पश्चात बेपत्ता भए पछी आफन्तले खोजि कार्य शुरु गरेका थिए ।

सोही क्रममा घरबाट १५ मिनेट दक्षिण नामबारा भिरबाट लडेर बाटो देखि १०० मिटर भिरमा झरी मृत अबस्थामा फेला पारे पश्चात आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

 घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको उक्त कार्यालयले जनाएको छ ।