मोफसल

प्रदेश स्तरीय मोएथाइ प्रतियोगितामा पाँचथर च्याम्पियन

पाँचथर : पाँचथरको फिदिममा आयोजित १ नम्वर प्रदेस स्तरीय प्रथम मोएथाई प्रतियोगितामा पाँचथर च्याम्पियन बन्न सफल भएको छ ।
विभिन्न उमेर समूहमा गराइएको प्रतियोगितामा १५ वटा स्वर्ण पदक सहित
पाँचथरले प्रतियोगिताको उपाधी जितेको हो ।
यस्तै ८ वटा स्वर्ण पदक सहित इलाम दोस्रो वन्न सफल भयो । यस्तै पाँचथरले १० सिल्भर र ८ काश्य पदक प्राप्त गरेको थियो ।
पाँचथर सहित १ नम्वर प्रदेशका १० वटा जिल्लावाट ६६ खेलाडी सहभागी प्रतियोगितामा १५ देखि ५४ वर्ष उमेर समूहका खेलाडीलाई प्रतिश्र्धा गराइएको आयोजक मोएथाइ एशोसिएसन अफ पाँचथर नेपालका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयो ।
तीनदिनसम्म चलेको प्रतियोगिता आज सकिएको हो । कार्यक्रम समापन समारोहमा इगल एफएमका सहायक स्टेशसन म्यानेजर उपेन्द्र एक्तेनलाई मोएथाइ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
उज्यालो नाइन्टी नेटवर्कसँग समेत आवद्ध एकतेनलाई कार्यक्रमका प्रमूख अतिथि संघीय सांसद वसन्तकुमार नेम्वाङले नगद र कदर पत्र मार्फत सम्मान गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी र विजेता टिम तथा खेलाडीलाई समेत नेम्वाङ मार्फत नै पुरस्कार ट्रफि र मेडल प्रदान गरियो । युद्धकलासँग सम्वन्धित मोएथाइ खेलको नेपालमै पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।
२० लाख रुपैंयाको लागतमा सम्पन्न प्रतियोगिता १ नम्वर प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको आयोजक सस्थाले जनाएको छ ।