मोफसल

ओखलढुंगाको मानेभज्याङमा बस दुर्घटना ३ को मृत्यु,१७ घाइते

पाँचथर :ओखलढुंगा को मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १७ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको घटनास्थलबाट ओखलढुंगा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा बसका चलक झापाका कृष्णबहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका ५ का माया थापा र सिन्धुलीका लालबहादुर धामी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

दुर्घटनाका गम्भीर घाइते चारजनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र अन्य तीनजनालाई पनि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३स्३० बजेतिर सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनाका अन्य घाइतेलाई उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ।

स्रोत अन्नपूर्ण