फिचर

मोएथाइ एशोसिएसन अफ पाँचथरले गर्याे फिदिममा बृक्षरोपण

पाँचथर : मोएथाई एशोसिएसन अफ पाँचथरले आज सदरमुकाम फिदिमका विभिन्न स्थानमा बृक्षरोपण गरेको छ । एशोसिएनले पर्सीदेखि आयोजना गर्न लागेको १ नम्वर प्रदेश स्तरीय प्रथम मोएथाइ च्याम्पियनसिप को उद्घाटन पुर्व सन्ध्यामा फिदिमका विभिन्न स्थानमा बृक्षरोपण गरिएको हो ।
अरान्ह ५ वजे फिदिम वजार स्थित युके कम्प्लेक्स अगाडीवाट शुरु भएको बृक्षरोपण गणतन्त्र चोक,अस्पताल मोड,शिवालय मन्दिर हुँदै सुम्हात्लुङ मन्दिर क्षेत्रमा पुगेको थियो ।
फिदिम बजारलाई स्वच्छ र हरियाली वनाउने अभियानको शुरुवात गरेको भन्दै एशोसिएसनले धुपी जातका विरुवा रोपेको अध्यक्ष बिक्रम राइको भनाई छ । वृक्षरोपण पश्चात सुम्हात्लुङ मन्दिरमा १ सय ७ दिप प्रज्वलन समेत गरिएको छ ।
बृक्षरोपणको सुरुवात पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र हेभन्ली पाथ नेपालका सेमुन्धुम गुरु हर्क केरुङले गर्नुभएको थियो ।
प्रतियोगिताको औपचारिक सुरुवात भने असार २५ गते हुने कार्यक्रम छ । प्रतियोगितामा १ सय ८ खेलाडीले भाग लिँदैछन ।

रेडियो मितेरी Live