खेलकुद

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जित्यो

काठमाडौं । यस वर्षको कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जितेको छ ।

आफ्नै देशमा गएराति भएको फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिल दक्षिण अमेरिकी महादेशको नयाँ च्याम्पियन बनेको हो ।

खेलमा ब्राजिललाई विजयी गराउन सुसा सुवारेस, ग्याब्रिएल जिसस र रिचार्लीसनले एक–एक गोल गरे । पराजित टोली पेरुका लागि पाउलो गुरेरोले एक गोल फर्काए । 

जितसँगै ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पा¥यो । समग्रमा ब्राजिलका लागि यो नवौं कोपा अमेरिका उपाधि हो ।

सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण पदक जितेयता ब्राजिलका लागि यो पहिलो फुटबल उपाधि हो ।

स्रोत इमेज खबर