समाज

भक्तपुर केन्द्र बनाएर भूकम्प


पाँचथर :  शनिबार दिउँसो ४:१५ बजे काठमाडौं उपत्यकामा  भूकम्पको धक्का महसुस भएको छ। 

लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार  दिउँसो ४:१५ बजे भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। 

शनिबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। यसअघि पछिल्लो पटक असार १२ गते धादिङ केन्द्र भएर ४ म्याग्निच्यूडको परकम्प गएको थियो।  

स्रोत अन्नपूर्ण

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *