फिचर

गाँउ पालिकामा सेवा लिन आएका लावतीलाई प्रहरीका सइले हतकडी लगाएर भकुरे

पाँचथर : पाँचथरको अमरपुर प्रहरी चौकी इन्चार्ज (सइ) भीम थेवेले हिलिहाङ गाँउ पालिका परिषरमा सेवा लिन आएका एक सेवाग्राहिलाई नियन्त्रणमा लिइ निर्घात कुटपिट गरेका छन ।
सोमवार दिँउसो हिलिहाङ गाँउ पालिकाको कार्यालयमा आफुले गरेको कामको भुक्तानी लिन पुगेका वडा नम्वर ६ निवासी ३५ वर्षीय रविन्द्र लावतीलाई निर्घात कुटपिट गरेका हुन ।
गाँउ पालिकामा काम गरिरहेका लावतीलाई सइ थेवेले वाहिर वोलाएर स्थानीय एक महिलाको चरित्र हत्या गर्न खोजेको भन्दै पहिले २ झापट हानेको प्रत्यक्षदर्सी विरेन्द्र योङयाले वताउनुभयो । थेवेले झापट हान्न थालेपछि लावतीले प्रतिकार गर्न खोज्दा थेवेको नाथ्री फुटेको थियो । ‘त्यसपछि झन आक्रमक वनेका थेवेले लावतीलाई हतकडी लगाएर कुटपिट गर्न थाले, उनले लावतीलाई कुटपिट गरिरहँदा त्यहाँ भेला भएका स्थानीय,प्रहरी र जनप्रतिनिधि सवै मुकदर्शक वन्न वाद्य भयौं ।’  योङयाले भने ।
कुटपिटपछि बेहोस वनेका लावतीलाई प्रहरी स्वयमले पाँचथर अस्पतालसम्म ल्याएको थियो । उनको ढाड पाखुरा र तिघ्रामा भाटाले हानेका डोपसँगै दर्जनौं निलडाम छन ।
उनलाई थप उपचारका लागि झापाको सुविधासम्पन्न अस्पतालमा पठाइएको हिहिलाङ ६ का वडाध्यक्ष कृष्णराज यवाले जानकारी दिनुभयो ।
कुटपिटका कारण उनको शरिरको भित्री भागमा पनि असर परेको हुनसक्ने चिकित्सकहरुले जनाएका छन । नियन्त्रणमा लिएर कुटपिट गर्नु पदीय मर्यादा विपरित रहेकाले थेवेलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान शुरु गरेको पाँचथरका प्रहरी प्रमूख नरेन्द्र कुँवरले वताउनुभयो ।

रेडियो मितेरी Live