अर्थ

१२६ स्थानीय सरकारले ल्याएनन् बजेट

पाँचथर:गत वर्ष जस्तै धेरै स्थानीय सरकारले आगामी वर्षका लागि बजेट पेस गर्नुपर्ने असार १० को समयसीमा उल्लंघन गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये अहिलेसम्म एक सय २६ वटा स्थानीय सरकारले बजेट ल्याएका छैनन्। बजेट नल्याउने स्थानीय सरकारमा धेरैजसो गाउँपालिका र केही नगरपालिका छन्।

महानगर र उपमहानगर सबैले समयमै बजेट पेस गरिसकेका छन् भने अधिकांश नगरपालिका र गाउँपालिकाले असार १०कै समयसीमामा नगरसभा र गाउँसभामा बजेट प्रस्तुत गरेका छन्। मन्त्रालयका अनुसर ६ सय १५ स्थानीय सरकारले समयमै बजेट ल्याएका छन्।

समयमा बजेट प्रस्तुत नगर्ने नगरपालिका र गाउँपालिकाको खर्च प्रभावित हुने भएको छ। असार १० मा बजेट प्रस्तुत गरी नगरसभा र गाउँसभाले अनुमोदन गरेपछि मात्र स्थानीय सरकारले खर्च गर्न पाउँछ। चालु आर्थिक वर्षमा ५५ स्थानीय तहले समयमा बजेट नल्याउँदा खर्च गर्न समस्या भएको थियो।

स्रोत अन्नपूर्ण