फिचर

पाँचथरको फालेलुङ स्थित हेँवा खोलामा निर्माणाधिन पक्की पुलका सामग्री बाढीले बगायो

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्वर ३ र ५ लाइ जोड्न हेवाँ खोलामा निर्माणाधिन पुलमा प्रयोग गर्न लगिएका सामग्री खोलामा आएको बाढीले बगाएको छ ।
निरन्तरको वर्षासँगै आएको वाढीले ती सामग्री वगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ५०–६० थान फलामका किल्ला सहितको सामग्री बगाएको प्रहरीले जनाएको छ । ती सामग्री गएराती वगाएको वताइएको छ ।