फिचर

पाँचथर पहिरो अपडेट : २ दर्जन वढि घर जोखिममा,पचास भन्दा धेरै विस्थापित,पशु चौपाया पनि मरे

पाँचथर : पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर २ फलैंचाका विभिन्न स्थानमा भारी वर्षा सँगै गएको पहिरोका कारण केहि घर वगाएको छ भने २ दर्जन भन्दा धेरै पशु चौपाया मरेका छन ।
त्यहाँ स्थित मुक्लाबुङ, धिमाले र बेतेनी भन्ने स्थानमा गएराती पहिरो गएको याङवरक २ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।
पहिरोका कारण हालसम्म २४ परिवार प्रभावित भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भारी वर्षसँगै यो स्थानमा पहिरो गएको स्थानीयले जनाएका छन । पहिरोले स्थानीय पहलमान राईको घर वगाएको छ भने । केहि वाख्रा,गोरु र गाई समेत मरेका छन । पहिरोले क्षति पु¥याएपछि ती घरमा वस्ने ४१ जना सर्वसाधारण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
कुँवरका अनुसार पहिरोले याङवरक २ तिम्तिम्बुका राजेश माङमु, सन्तोष बेघा, मिलन माङमु,जीतवहादुर माङमु,दलवहादुर चौहान र लालवहादुर चौहानका परिवार विस्थापित भएका हुन ।
यस्तै याङवरक २ चिम्वा भन्ने स्थानमा गएको पहिरोले पहलमान राइ,राजेश राई र जसवहादुर राईको परिवार पनि जोखिममा परेका छन ।
पहिरोले ती घरमा रहेका ४ हल गोरु र २ माउ गाईसँगै २ दर्जन भन्दा धरै चौपाया र पखेरु मरेका छन ।
पहिरोले ठुलो क्षेत्र ओगटेकाले अरुपनि घरमा क्षति भएको याङवरक २ का वडाध्यक्ष योङहाङको भनाइ छ ।
घटना लगत्तै जिल्लाको च्याङथापु र फलैंचा सँगै जिल्ला प्रहरी कार्यालय पाँचगरवाट प्रहरीको टोली खटाइएको छ । टोली पहिरो प्रभावित क्षेत्रमा पुगेपनि टेलिफोन सम्पर्कमा भने आएको छैन ।
पहिरोले माइक्रो हाइड्रो बगाएपछि मोवाइल चार्ज नहुँदा पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी र्काालय पाँचथरका प्रमूख नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
वैठकपछि तत्कालका लागि खाद्यान्न र लत्ता कपडा सहितका राहत सामग्री पठाउने निर्णयसँगै प्रहरी र रेडक्रसको टोली त्यसतर्फ खटाउने निर्णय गरेको प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले वताउनुभयो । घट्नास्थल सदरमुकाम फिदिमदेखि ९० किलोमिटर उत्तरपुर्वमा पर्छ ।

रेडियो मितेरी Live