फिचर

पाँचथरको याङवरकका विभिन्न स्थाना पहिरो,घर र पशु चाैपाया वगायाे

पाँचथर : पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर २ फलैंचाका का विभिन्न स्थानमा पहिरो गएको छ । भारी वर्षसँगै यो स्थानमा पहिलो गएको स्थानीयले जनाएका छन । गएराती त्यहाँ स्थित मुक्लाबुङ, धिमाले र बेतेनी लगायतका स्थानमा पहिरो गएको वडा नम्बर २ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।
पहिरोले स्थानीय पहलमान राईको घर वगाएको छ भने । केहि वाख्रा,गोरु र गाई समेत वगाएको छ ।
घट्नास्थलमा प्रहरी टोली पुगी सकेको जिल्ला प्रहरी र्काालय पाँचथरले जनाएको छ । पहिराेका कारण भएकाे क्षतिकाे एकिन विवरणा भने थप बिवरण आउन बाँकी छ ।