फिचर

पाँचथरमा बन्दुक सहित एक व्यक्ति पक्राउ

पाँचथर : पाँचथर प्रहरीले अवैध भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङलुङ गाँउ पालिका १ घर भइ पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ७ रानिटार वस्दै आएका ५० वर्षीय कालीवहादुर तामाङ छन ।
उनलाई आइतवार साँझ नौ वजे फिदिम स्थित नाङलापा भन्ने स्थानवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विना इजाजत घरमा वन्दुक राखेर गैर कानुनी काम गर्दै आएको सुराकीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको दावी छ । पक्राउ परेका तामाङलाई अवैध हात हतियार र खरखजाना ऐन अन्तरगत मुद्धा चलाइएको पाँचथरका प्रहरी प्रमूख (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।

रेडियो मितेरी Live