फिचर

पाँचथर राँके रवि भेडेटार सडक खण्डमा काम गरिरहेको स्कावेटरमा आगोे लाग्यो


पाँचथर : निर्माणाधिन राँके,रवि–भेडेटार सकड खण्डमा काम गरिरहको एउटा स्कावेटरमा आगो लागेको छ । वुधवार राती पाँचथर स्थित मिक्लाजुङ–७ लेखगाँउमा स्काईब्रेटरमा आगो लागेको हो । निर्माणको जिम्मा लिएको ज्वाला कम्पनीको स्वामित्वमा रहेको बा ३ क ५६६ नम्बर स्काईब्रेटरमा आगो लागेको इलाका प्रहरी कार्यालय रविले जनाएको छ ।
घट्नाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरिक्षक तेजनारायण यादवको नेतृत्वमा प्रहरी घट्नास्थल पुगेको छ ।
आगो कसैले लगाए जस्तो देखिएको छ । प्रत्यक्षदर्सीहरुका अनुसार घटनास्थल वरिपरि टाईम बम छ भनेर लेखिएका हस्तलिखित पर्चा पनि भेटिएका छन ।
जंगल छेउमा राखिएको स्काईब्रेटरमा रातीको समयमा आगजनी गरीएको आुंका प्रहरीको छ । यद्धपी कस्ले आगो लगाएको हो अनुुसन्धान जारी छ ।