फिचर

सुजताको हत्यापछि गाँउमा शोक, कस्तो स्वभावकी थिइन उनी ? भीडियो रिपोर्ट

पाँचथर स् पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ६ मा बैंक कर्मचारीको हत्या भएपछि खाटो बस्न लागेको स्थानीयको घाउ पुनः बल्झेको छ ।


गत बैशाख २९ गते हिलिहाङ ४ की शीतल योङहाङको हत्या र त्यसपछि मिक्लाजोङ गाँउ पालिका ३ आरुबोटेमा ९ जनाको ज्यान जाने गरी भएका घट्ना विर्सने प्रयास गरिरहेका स्थानीय महिनादिन नबित्दै एनएमबि बैंक गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत २० वर्षीय सुजाता तामाङको हत्या गरिएपछि थप त्रसित भएका हुन ।
तामाङ असार ३ गते मंगलवार अपरान्ह ३ बजेतिर हिलिहाङ ६ भारपा स्थित सिक्टे जंगलमा मृत अवस्थामा फेला परेकी थिइन ।
हिलिहाङ ६ रातमाटे क्षेत्रमा माइक्रोफाइनान्सले गठन गरेका समूहमा भएको लगानीको व्याज र किस्ता संकलनका लागि गएकी तामाङको हत्यासँगै साथमा रहेको ७८ हजार रुपैंया पनि लुटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनको गर्धनमा धारिलो खुकुरी प्रहार भएको प्रहरी बताँउछ । तामाङको हत्या कस्ले ग¥र्यो भन्ने विषयमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख (डिएसपी) नरेन्द्र कुँवर वताँउछन ।

रेडियो मितेरी Live