अर्थ

लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चमा आज सुनुवाई

पाँचथर :सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापनमा देखिएको विवादको आज सुनुवाई गर्दै छ ।

आयोगले निकालेको विज्ञापनमा असन्तुष्टि जनाउँदै परेका चार वटा निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले आज सुनुवाइ गर्न लागेको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न हिजो आदेश जारी गरेको थियो ।

सोहीअनुसार ती सबै निवेदनको सुनुवाइ आजका लागि तय भएको हो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरित भएको दाबी गर्दै सर्वोच्चमा रिट परेका हुन् ।

इमेजखबर