फिचर

पाँचथरमा बैंककी कर्मचारीको विभत्स हत्या

पाँचथरको हिलिहाङ ६ भारपामा बैंककी कर्मचारीको घाँटी रेटेर हत्या गरिएको छ । गोपेटार स्थित एनएमवि माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको हो ।
तामाङ माइक्रोफाइनान्स समूह लगानीको अवस्था वुझ्नका साथै वैठक सञ्चालनार्थ गाँउ गएकी थिइन । फर्किने क्रममा उनको हत्या भएको स्थानीयले वताएका छन ।
उघारै अवस्थामा बाटोमा उनको छाता र लेडिज व्याग भेटेपछि स्थानीले प्रहरीलाई खवर गरेका थिए । त्यसपछि जोरपोखरीवाट प्रहरी टोली जोरपोखरीवाट गएको थियो । अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरवाट पनि प्रहरी टोली घट्नास्थल पुगेको छ ।
हत्या के कारणले र कस्ले ग¥र्यो खुलेको छैन ।