खेलकुद

कोपा अमेरिका फुटबल : जापानविरुद्ध चिली विजयी

पाँचथर : कोपा अमेरिका फुटबलमा चिलीले जापानलाई पराजित गरेको छ ।ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा चिलीले ४–० को सहज जित निकालेको हो ।

खेलमा चिलीलाई विजयी गराउन ईडुवार्डो भार्गासले दुई गोल गर्दा अलेक्सिस सान्चेज र एरिक पुल्गारले एक–एक गोल गरे ।जितसँगै चिलीले समूहमा अग्रता लिएको छ । इक्वेडरलाई हराएको उरुग्वेको समान ३ अंक रहे पनि गोल अन्तरमा चिली अगाडि छ ।

कोपा अमेरिका फुटबलमा भोलि ब्राजिलले भेनेजुएलासँग खेल्दा बोलिभिया र पेरु भिड्नेछन् ।

इमेज खबर