खेलकुद मोफसल

संघिय लिम्बुवान सामाजिक मन्च युएईद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधी आवुधाबी लाई

पाँचथर : मुसलमानहरुको महान पर्व पवित्र रमदानरईदको अवसरमा संघिय लिम्बुवान सामाजिक मन्च युएईद्वारा आयोजित युएई ब्यापी फुटबल प्रतियोगितामा लमजुंग फुटबल क्लव आवुधाबीले जीत हात पारेको छ ।

दुबैको अलकुज डलस्को फुटबल खेलमैदानमा सम्पन भएको फाईनल खेलमा हिपात फुटबल क्लव लाइ १-२ गोल अन्तरले हराउदै लमजुंग फुटबल क्लव आवुधाबीले जीत आफ्नो हात पारेको थियो । विजेताले नगद रु ५०००/ ( पाँच हजार दिराम) सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता टिमले नगद रु ३५००/ (तीन हजार पाँच सय दिराम) सहित ट्रफी ,मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो । उक्त प्रतियोगितामा कास्की आदर्स सेवा समाज फुटबल क्लब, हिपात फुटबल क्लब, संघिय लिम्बुवान समाजिक मंच फुटबल समुह, आयोजक टिम, ईलाईट फुटबल क्लब, न्यु ब्याईज फुटबल क्लब, माउट ऐभ्रेष्ट फुटबल क्लब, लमजुङ फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब, रसलखैमा फुटबल क्लब, गोरखा फुटबल क्लब, आईएनसी पार्को कमिटी फुटबल क्लब, नेपाली टाइगर फुटबल क्लब, रुपनादेहही ११ फुटबल क्लब, एएनएफसी, एनएसजी राक, एमएम एफसी, हमरैया शारजा टिम सहभागि थिए । युएईभरीबाट जम्मा १७ समुह क्लवहरुले भाग लिएको थिए ।

प्रत्येक म्याचमा एक उत्कृष्ट खेलाडीहरुलाई म्यान अफ द म्याच प्रमाण पत्र वितरण गरिएको थियो भने पुरै खेलबाट एक उत्कृष्ट गोल रक्षक, एक उत्कृष्ट खेलाडी र खेलभरीमा बढी गोल गर्ने खेलाडी छनौट गरेर पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट खेलाडी मंगोलियन किङरिङ सुमन मगर, उत्कृष्ट गोलरक्षक सुबि तामाङ घोषित भएका थिए भने प्रतियोगिता अवधिभर सवार्धिक गोलकर्ता उपाधि लमजुङ क्लवका तारा बहादुर गुरुङले हात पार्न सफल भएका थिए । प्रतियोगिता जेष्ठ २३ बाट संचालन भएको थियो । उक्त प्रतियोगितामा पुरस्कारहरु संघिय लिम्बुवान सामाजिक मंच युएईका वर्तमान अध्यक्ष लासांग निंग्लेकु लिम्बु, सल्लाहकार राम योङहाङ लिम्बु र समाजशेवी गज वनेम लिम्बु ज्यको हातबाट वितरण गरिएको थियो । संघिय लिम्बुवान सामाजिक मंच युएइ केन्द्रीय कार्य समितीका सदस्य स्विकार चाम्लिंग राईको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगितामा सयपत्री रेष्टुरेन्ट अलकुजले प्रयोजन गरेको थियो ।

आयोजक संघिय लिम्बुवान सामाजिक मंच युएईका अध्यक्ष श्री लासांग निंगलेकु लिम्बुबाट उक्त टुनामेन्टमा सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारि दिनका लागि सहयोग गर्नु हुने युएईमा कार्यरत सम्पुर्ण पहिचानप्रेमी, लिम्बुवानप्रेमी, समाजसेवी, विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधी, स्वयंसेवक, फुटबल टिम, खेलाडी,दर्शक, रेफ्री, स्पोन्सर आदि सबै सबैलाई सिंगो आयोजक संघिय लिम्बुवान सामाजिक मन्च युएई प्रवास कार्य समितीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै उक्त खेल कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।