मोफसल

गर्भवती बनाएर श्रीमानले अर्की लिएर हिँडेपछि विचल्लीमा परेकी प्रमिलाले जन्माइन छोरी

पाँचथर : गर्भवती बनाएर श्रीमान वेपत्ता भएपछि विचल्लीमा परेकी पाँचथर याङवरक ४ निवासी १७ वर्षीय प्रमिला सिवाले छोरी जन्माएकी छिन । अन्तरजातीय विवाह गरेकी प्रमिलाका श्रीमानले दोस्रो विहे गरेर सम्पर्क विहिन भएपछि माइतमै वस्दै आएकी थिइन । गर्भवती अवस्थामा भीडियो एक्सरे गर्न स्थानीय स्वास्थ सस्था जाँदा आठसय रुपैंया मागेपछि स्वास्थजाँच नगरी फर्किएकी उनलाई हिजो मात्रै स्थानीय समाजसेवी इन्दिरा पोखरेलले सदरमुकाम फिदिम लिएर आएकी थिइन । फिदिम आएपछि नेपाल जन उद्धार संघको पहलमा घरेलु हिंसा सेवा केन्द्र पु¥याइएकी उनलाइ विहान ३ वजे व्यथा लागेपछि जिल्ला अस्पताल लगिएको थियो ।
अस्पतालमा विहान उनले छोरी जन्माएकी हुन । अहिले आमा र वच्चाको स्वास्थ अवस्था राम्रो रहेको चिकित्सकले जनाएका छन । ताप्लेजुङकोे सिरिजंगा ४ का विजय ताम्लिङसँगे १४ वर्षको उमेरमा विहे गरेकी उनलाई गत पुषमा श्रीमानले कुटपिट गर्दै दोस्रो विहे गरेर भागेको वताइएको छ । उनी त्यसपछि माइतमा वस्दै आएकी थिइन
यद्धपी आमाका हात खुट्टा नचल्ने भएकाले प्रमिला वनिवुतो गरेर गुजारा चलाउने गर्र्थिन । उनलाई अहिले नेपाल जनउद्धार संघ र घरेलु हिंसा जिल्ला सेवा केन्द्रका पदाधिकारी र कर्मचारीको निगरानीमा अस्पतालमै राखिएको छ । छोरी जन्माएपछि प्रमिलाले आफ्ना श्रीमानलाई छोरी भेट्न आउने शन्देश पठाएकी छिन ।