मोफसल

पाँचथरमा फेरी अर्को दुखद घट्ना पानी जमेको खाल्डोमा डुव्दा १३ वर्षीय बालकको ज्यान गयो


पाँचथर : पानी जमेको खाल्डोमा डुब्दा पाँचथर सदरमुकाम फिदिममा आज अर्का एकजना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका ६ सिवा निवासी सुस्मिता तुम्रोकका १३ वर्षीय छोरा गोरे तुम्रोक छन । स्थानीय याङदिन खोल्समा डुविराखेको स्थानीयले देखेर प्राथमिक उपचारको प्रयास गरेपनि सफल नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । दुइदिन अघि हेवा खोलामा डुव्दा फिदिम १ का इन्सन राईको पनि ज्यान गएको थियो । पछिल्लो समय पाँचथरमा यस्ता दुर्घटना वढेका छन ।