कला साहित्य फिचर

पाँचथरमा निर्माण भएको चलचित्र ‘के’ आदीवासी जनजाती चलचित्रमा सर्बाेत्कृष्ठ

पाँचथर : पाँचथरमा निर्माण भएकाे के नामकाे चलिचत्र काठमाण्डाैमा सम्पन्न चलचित्र महाेत्सवमा पहिलाे भएकाे छ ।

महोत्सवमा प्रदर्शन भएका दुइ दर्जन धेरै विभिन्न समुदायको सस्कार र संस्कृतिमा आधारित चलचित्रहरुलाई पछाडी पार्दै यो ‘के’ले प्रथम स्थान सहित उत्कृष्ठ अवार्ड हात पार्न सफल भएको हो ।
किराँत लिम्वूहरुको सस्कार र संस्कृतिमा आधारित मौलिक वाजा च्यावु्रङको महत्व र यो बाजा निर्माण गर्नका लागि आवस्यक सामग्री जुटाउन हुने गरेको कानूनी अड्चनका कथा चलचित्र ‘के’ मा समेटिएको छ ।
यो चलचित्रका लेखक निर्देशक सागर केरुङ हुन । चलचित्र याक्थुङ मुन्चइत चोक सयङले किराँत याक्थुङ चुम्लुङ,लिम्वू सास्कृतिक परिषद,याक्थुङ हाक्पारे पालाम सयङ,याक्थुङ लेखक संघ, लिम्वू विद्यार्थी मञ्च,याक्थुङ केलाङ सयङ,याक्थुङ युवा मञ्च,संघीय लिम्वुवान मच, र याक्थुङ युवा मञ्च लगायतका सस्थासँगको समन्वयमा तयार पारेको हो ।
यो चलचित्र पाँचथरका विभिन्न स्थानमा छायांकन गरिएको थियो । आदीवासी जनजाती महोत्सवमा प्रथम भएसँगै निर्देशक सागर केरुङले फेसवुक मार्फत चलचित्र निर्माणका समयमा सहयोग पु¥याउने सवैलाई धन्यवाद दिएका छन ।

error: Content is protected !!