फिचर

पाँचथर याङवरक गाँउ पालिका उप प्रमूखको घरमा छात्राले गरिन आत्महत्या

पाँचथर : पाँचथरको याङवरक गाँउ पालिका ६ स्थित गणेश मावि कक्षा १० की छात्रा सविना ताम्लिङले झुण्डिएर आत्महत्या गरेकी छिन ।
याङवरक गाँउ पालिका उप प्रमूख कमला कुमारी योङहाङको घरमा वसेर पढ्दै आएकी उनले जेठ २६ गते विहान घरको निदालमा झुण्डिएर आत्महत्या गरेकी हुन ।
उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । मृतकलाई सोहि दिन जिल्ला अस्पतालमा ल्याएर पोष्टमार्टम पछि आफन्तलाई वुझाइएको प्रहरीले जनाएको छ ।