राजनीति

कांग्रेसले देशब्यापी गरेको पहिलो चरणको जागरण अभियान सकियो


पाँचथर :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशब्यापी गरेको पहिलो चरणको जागरण अभियान आज सकिँदैछ ।

कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान सञ्चालन गरेको थियो ।

वैशाख २५ देखि सुरु भएको जागरण अभियान आज ७७ जिल्लामा सभाहरु गरी समापन गरिँदै छ ।

काठमाडौंको पहिलो चरणको जागरण अभियान पनि आज समापन गरिएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जागरण अभियानमार्फत् सरकारले गरेका गलत कामको भण्डाफोर गरेको बताए ।

उनले सरकारको गलत रवैयाप्रति नागरिक सचेत भएको बताए । जागरण अभियानले कांग्रेसलाई एकताबद्ध र बलियो पार्टी बनाएको दाबीसमेत उनले गरे ।

कांग्रेस अब दोस्रो चरणको कार्यक्रमअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहमा जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेसले आफ्नो संगठन निर्माणमा भन्दा पनि सरकारलाई गाली गर्नमै जागरण अभियानमा धेरै समय खर्चेको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्वबारे जागरण अभियानमा नदेखाउने निर्णय भए पनि कतिपय सभाहरु कांग्रेस नेताहरुले पार्टीभित्रकै आलोचनामा बिताएका थिए ।

imagekhabar.com