फिचर

पाँचथरको हेवाखोलामा डुवेका ११ बर्षिय बालकको ज्यान गयो

पाँचथर : पाँचथर सदरमुकाम फिदिम गोल्धारेका घर स्थानीय बालकिरण इङ्लिस स्कुलमा अध्ययनरत एक बालक ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बालकिरण इङ्लिस स्कुल, कक्षा ६ मा अध्ययनरत ११ बर्षिय एन्सन राई छन । उनलाई शक्रबार करिब साढेतीनवजे हेवा खोलाले वगाएको थियो ।

छिमेकीसँग पौडी खेल्न गएका उनी हेवा वि जलविद्युत आयोजनाले बनाएको दहमा चिप्लिएर डुवेको वताइएको छ । उनलाइ तत्काल उद्धार गरी प्राथमिक उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याँउदा उपचार सम्भव नएपछि झापा लैजाने क्रममा वाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकलाई पोष्टमार्ट पश्चात फिदिम ल्याउने तयारी भइरहेको पनि वताइएको छ ।