मोफसल

आरुबोटे हत्या प्रकरणका मृतकको अन्त्येष्टि भीडियो सहित

पाँचथर : पाँचथरको मिक्लाजोङ ३ आरुवोटेमा ४ दिन अघि भएको घट्नामा मारिएकाहरुको आज अन्त्येष्टि गरिएको छ । उनीहरुको शव धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टम पछि गाँउ ल्याएर अन्त्येष्टि गरिएको हो ।


अन्त्येष्टि आ आफ्ना घाटमा गर्ने परिवारको आफन्तको इच्छा अनुसार सवैको शव ट्याक्टरमा राखेर ल्याइएको हो ।
मृतक मध्ये धनराज सेर्मा,उनकी पत्नी जस्मिता सेर्मा छोरीहरु योवना,मुना र इच्छा सेर्माको मिक्लाजोङ २ सराङडाँडा र उनका ससुरा वमकुमार फियाक श्रीमती फर्सिमाया फियाक,छोरी मनकुमारी फियाक र नातीती श्रेया फियाकको अन्त्येष्टि आरुवोटे स्थित स्थानीय घाटमा गरिएको थियो ।
सेर्मा परिवारका मृतकलाई सराङडाडा र फियाक परिवारका लागि आरुवोटेमा दुइवटा सामुहिक चिता तयार गरेर लिम्वू सस्कार अनुसार अन्त्येष्टि गरिएको स्थानीय धनवहादुर लिम्बूले जानकारी दिनुभयो ।
घटनामा भागेर वचेकी १२ वर्षीय सीता खजुमको भने दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।