फिचर

आफ्नै स्वागत कार्यक्रममा मन्तव्य राख्ने बित्तिकै ढलेका शिक्षकको निधन

पाँचथर :पाँचथर स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालवहादुर फागोको आफ्रनै स्वागत कार्यक्रममा स्वागत मन्तव्य राखेर कुर्सीमा वस्नासाथ निधन भएको छ ।
फिदिम नगरपालिका १४ लुङरुपमा सञ्चालित उक्त विद्यालयको प्राथमिक तह दरवन्दीमा जेठ १ गते नियुक्त फागोको स्वागत सँगै निमावि दरवन्दीमा कार्यरत अर्का शिक्षक अशोक तिम्सिनाको विदाई कार्यक्रममा मन्तव्य राखेर कुर्सीमा वस्नासाथ बेहोस भएर निधन भएको प्रधानाध्यापक कमल वास्कोटाले जानकारी दिनुभयो ।
सोहि विद्यालयका पुर्व विद्यार्थी समेत रहेका फागोको निधन पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम ल्याउने तयारी भइरहेको वताइएको छ ।
फागोको ह«दयघातका कारण निधन भएको हुनसक्ने वताइएको छ ।

शिक्षकको फोटो पनि छ ।