मोफसल

घुस लिंदै गर्दा शसस्त्र प्रहरीका जवान रंगेहात पक्राउ

बुटवलमा शसस्त्र प्रहरीका जवान सेवाग्राह सँग घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

रुपन्देहीको शसस्त्र प्रहरीबल नेपाल नं ४१ गुल्म बुटवलमा कार्यरत शसस्त्र प्रहरीका जवान भेषेन्द्र केसी सेवाग्राहीसँग लिएको नगद १० हजार सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ ।

पक्राउ परेका केसी शसस्त्र प्रहरीका घुमुवा जवान रहेको अख्तियारले जनाएको छ । भन्सारमा समान छुटाईदिने भन्दै सेवाग्राहीसंग लिएको नगद १० हजार सहित बुटवल दिपनगरबाट आईतवार सांझ ६ बजे केशीलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका हुन् ।

पक्राउ परेका केशीले नियमित घुस रकम नदिए सामान पक्राईदिने भन्दै सेवाग्राहीसँग मासिक रुपमा घुस रकम माग गर्दै आउने गरेको गुनासो आईरहेको र सोहि क्रममा निगरानी गर्दै जांदा आइतवार रंगेहात पक्राउ गरिएको भुसालले जानकारी दिए ।

स्रोत सेतोपाटी