मोफसल

सञ्चार सामग्री सहित सञ्चारकर्मी सडकमा

पाँचथर : पाँचथरका पत्रकारहरुले आज सदरमुकाम फिदिममा सञ्चार सामग्री सहित प्रदर्शन गरेका छन । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आह्वानमा पत्रकारहरुले सदरमुकाम फिदिम स्थित गणतन्त्र चौकमा प्रदर्शन गरेका हुन । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको भवन निर्माण क्षेत्रमा भेला भएका पत्रकारहरुले ल्यापटप,क्यामेरा,रेकर्डर लगायतका सञ्चार सामग्री प्रदर्शन गर्दै हात र मुखमा कालो पट्टी बाँधी प्रदर्शन गरेका थिए ।
सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलनमा उत्रेका पत्रकारहरुले पाँचथर सहित देशभर प्रदर्शन गरेको वताइएको छ ।
पत्रकारहरुको आन्दोलनमा ऐक्यबद्धता जनाँउदै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव चन्द्र आङदेम्वेले सरकारले मिडिया काउन्सिल विधेयक मार्फत आफ्नो चरित्र उदांगो पारेको भन्दै मानव अधिकार शान्ति समाजले आन्दोलनमा ऐक्यवद्धता जनाएको उनको भनाई थियो ।