फिचर

पक्राऊ परेनन १५ वर्षीय किशोरी सितल योङहाङ हत्याका मुख्य योजनाकार तामाङ

पाँचथर : पाँचथरको हिलिहाङ ४ की पन्ध्र बर्षीय किशोरी सितल योङहाङको हत्याका मुख्य योजनाकार भनिएका पदम तामाङ घट्ना भएको ५ दिन वित्दासम्म पक्राउ परेका छैनन ।
प्रहरीले घट्नाको भोली पल्ट तामाङका सहयोगी भगिरथ वास्तोलालाई पक्राउ गरेपनि तामाङलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्तले हत्या आरोपी पक्राउ गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन ।
योङहाङको आइतवार घर नजिकै घाँटी रेटेर हत्या गरिएको थियो । सितलका प्रेमी समेत रहेका तामाङ बाँस्तोलालाई लिएर करिब एकसाता अघि किशोरीको गाँउ पुगेको अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी प्रमूख नरेन्द्र कुँवर वताँउछन ।
तामाङले किशोरीको गाँउ पुग्नासाथ योङहाङसँग मोवाइलको सीम समेत साटेर वोकेको वताइएको छ । नजिकैको सिद्ध मावि कक्षा १० मा अध्ययनरत ती किशोरीलाई अरु कसैले फोन गरेको संका गर्दै तामाङले उनको हत्या गरेको हुनसक्ने पक्राउ परेका वास्तोलाको वयानमा खुलेको पनि प्रहरी स्रोत बताँउछ ।
‘यद्धपी घट्नाको प्रकृति अध्ययन गर्दा तामाङ योङहाङको हत्या गर्ने मनस्थिति सहित उनको गाँउ पुगेको देखिन्छ ।’–कुँवर भन्छन । हत्याका मुख्य योजनाकार तामाङको खोजी भइरहेको कुँवर वताँउछन । छोरीको हत्याको पाँचौ दिनसम्म हत्यारा पक्राउ नपर्दा गाँउमा त्रास कायमै छ । आमा भावविह्वल छिन । दुइजना भाइ र बृद्ध हजुरआमाको आँखाको आँशु ओभाएका छैनन । ‘हामी छिमकी मृतककी आमालाई सान्तवना दिन खोज्छन तर उनको अवस्था देखेर आफैं विछिप्त भइन्छ ।’ छिमेकी प्रेम स्रेङले भने ।
मृतकको वुवा सर्ण योङहाङ भने बैदेशिक रोजगारीका शिलसिलामा चार महिनादेखि दुवइमा छन । मृतकको परिवारलाई हिलिहाङ गाँउ पालिकाले राहत स्वरुप एकलाख रुपैंया उपलव्ध गराएको छ । गाँउ पालिका केन्द्रवाट करिब २ सय मिटर दुरीमा भएको यो घट्नाले नागरिक कति सुरक्षित छन भन्ने प्रश्न उव्जाएको अर्का स्थानीय इश्वरी गिरीको टिप्पणी छ । गाँउ पालिका केन्द्र रहेको क्षेत्रमा प्रहरी चौकीसम्म छैन । यस क्षेत्रको सुरक्षाका लागि करिब १ घण्टा दुरीमा रहेको गोपेटार वा अमरपुर प्रहरी चौकीलाई जिम्वेवारी छ । हिलिहाङ ४ का वडाध्यक्ष श्रीप्रसाद सिगु पटक पटक प्रहरी बीटको स्थापनाका हुनु आवस्यक देखिएको वताँउछन ।