फिचर

पाँचथरका पत्रकारको प्रदर्शनमा प्रहरी प्रशासनको दमन

पाँचथर : पाँचथरका पत्रकारहरुको आन्दोलनमा स्थानीय प्रशासनले दमन गरेको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा धर्ना दिन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका पत्रकारलाई प्रहरीले अवरोध गरेको हो । प्रशासनको गेट भित्र प्रवेश गरेर कार्यालयको मुल ढोकामा धर्ना दिन हिँडेका पत्रकारलाई जनपथ र सशस्त्र प्रहरीले धकेल्दै र ठेल्दै अवरोध गरेका थिए ।
सइ धिरज राई नेतृत्वको प्रहरी टोलीले माथिको आदेश भन्दै पत्रकारलाई रोक्ने प्रयास गर्दा गर्दै उनीहरुले कोणसभा गरेका छन । जिल्ला प्रशासन परिषरमै आयोजित कोणसभामा महासंघका प्रदेश सदस्यहरु विपेन्द्र गौतम,गणेश साम्पाङ र जिल्ला अध्यक्ष लवदेव ढुंगानाले सम्वोधन गरे ।
सम्वोधन गर्दै बक्ताहरुले दुई तिहाइको दम्भमा सरकारले पत्रकार संसदमा पश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नगर्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए । प्रहरी लगाएर पत्रकारलाई दमन गर्न खोज्नुले सरकार र प्रशासनको अलोकतान्त्रिक चरित्र झल्किएको पनि वक्ताहरुको भनाइ थियो । लोकतन्त्र चोक नजिक नेपाल प्रेस युनियनको कार्यालयवाट शुरु भएको पत्रकारको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना र कोणसभा गर्दै सकिएको थियो ।

पाँचथरका पत्रकारहरुको आन्दोलनमा स्थानीय प्रशासनले दमन गरेको छ ।
नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा धर्ना दिन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका पत्रकारलाई प्रहरीले अवरोध गरेको हो । प्रशासनको गेट भित्र प्रवेश गरेर कार्यालयको मुल ढोकामा धर्ना दिन हिँडेका पत्रकारलाई जनपथ र सशस्त्र प्रहरीले धकेल्दै र ठेल्दै अवरोध गरेका थिए ।
सइ धिरज राई नेतृत्वको प्रहरी टोलीले माथिको आदेश भन्दै पत्रकारलाई रोक्ने प्रयास गर्दा गर्दै उनीहरुले कोणसभा गरेका छन । जिल्ला प्रशासन परिषरमै आयोजित कोणसभामा महासंघका प्रदेश सदस्यहरु विपेन्द्र गौतम,गणेश साम्पाङ र जिल्ला अध्यक्ष लवदेव ढुंगाना र युनियनका जिल्ला अध्यक्ष भीमकुमार वाँस्कोटाले सम्वोधन गरे ।