फिचर

फालेलुङका निर्वाचित जन प्रतिनिधि महिलाले लिए उद्घोषणकला तालिम

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिकाका महिला जनप्रतिनिधिले उद्घोषण कला सम्वन्धि ५ दिने तालिम लिएका छन ।
यहाँ स्थित रेडियो मितेरीले आयोजना गरेको तालिममा गाँउ पालिकाका ८ वटा वडाका १४ जनाको सहभागिता थियो ।
वडा र गाँउ पालिकाका बैठकसँगै सार्वजनिक समारोहमा जनप्रतिनिधि महिलाको उपस्थिति न्युन रहेको भन्दै फालेलुङ गाँउ पालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रममै उद्घोषण कार्यक्रम तय गरेको थियो ।
कार्य पालिकादेखि वडा तहका जनप्रतिनिधि महिलाको क्षमता विकास गर्ने उदेस्यले यो तालिम आयोजना गरिएको गाँउ पालिका उपाध्यक्ष हिमा अधिकारीले जानकारी दिनुभयो ।
तालिममा रेडियो बिराट झापाकी प्रवन्ध निर्देशक तथा स्रष्टा लिला अनमोलले सहजिकरण गर्नुभएको थियो ।
तालिम समापन समारोहमा गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङ र प्रमूख प्रशासकीय अधिकृत मौसम ढुंगेलले तालिममा सिकेका सीप व्यवहारतः कार्यन्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।

रेडियो मितेरी Live