फिचर

संचार सम्वन्धी तीन विधयकको विरुद्धमा प्रेस युनियन पाँचथर शाखाले ज्ञापन पत्र बुझायो

मिडियामाथि नियन्त्रण गर्ने नियतबाट संसदमा दर्ता गरिएको मिडिया काउन्सिल बिधेयक बिचाराधिन तथा पाइपलाइनमा रहेका अन्य प्रेस तथा अभिव्यत्ति स्वतन्त्रता बिरोधी बिधेयक बिरुद्ध आज नेपाल प्रेस युनियन पाँचथर शाखाले पाँचथरका प्रमुख जिल्ला अधिकारि मुरारी वस्ती मार्फत सम्माननिय सभामुख र राष्टिय सभाका अध्यक्षलाइ ज्ञापन पत्र बुझाएको छ ।

उत्त बिधेयक फिर्ता नलिएसम्म नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गर्ने तयारी गरेको छ ।मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिएको हुँदा आजै वाट सन्चारमन्त्रीका सम्पूर्ण कार्यक्रमहरू बहिस्कार गर्न थलेको हो

यसै गरि सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक, बिज्ञापन सम्बन्धि बिधेयक र सूचना प्रबिधी बिधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासङ्घले आजदेखि संघर्षका कार्यक्रमहरु शुरु गरेको छ ।

विधेयकहरुमा प्रेस स्वतन्त्रता संकुचित गर्ने व्यवस्थाहरु प्रस्ताव गरिएकाले त्यसलाई सच्याउन माग गर्दै आन्दोलन शुरु भएको पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

आन्दोलनको पहिलो चरण अन्तर्गत आज पहिलो दिन महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद् र विज्ञहरुसँग महासंघले छलफल गर्न लागेको छ । छलफल दिउँसो २ बजे महासङ्घको केन्द्रिय कार्यालय संचारग्राममा हुने तय भएको दाहालले बताउनु भयो ।

महासंघले भोली प्रनिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने भएको छ भने पर्सी अर्थात् बैशाख ३१ गते संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने भएको छ । त्यसैगरी जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने लगायतकाआन्दोलनका कार्यक्रम महासंघले तय गरेको छ ।

प्रेस काउन्सील सम्वन्धी नयाँ विधेयकमा पत्रकारलाई समाचार लेखेकै कारण एक करोड सम्म जरिवाना हुने र १५ बर्ष सम्म जेल सजाय हुनेलगायतका व्यवस्था रहेकाले सरकार र विधेयकको सर्वत्र विरोध भइरहेको छ ।