फिचर

करेण्ट लागेर “कावेली वि वान” मा कामदारको मृत्यू

पाँचथर ३० बैसाख ।। पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा निर्माण भैरहेको कावेली वि वान आयोजनाका कामदारको करेण्ट लागेर मृत्यू भएको छ । पाल्पा जिल्ला स्थायी ठेगाना भएका सञ्जय श्रेष्ठको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक विज्ञानराज पौडेलले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।