फिचर

अपडेट :पाँचथरमा किशोरी हत्याको आरोपमा एक युवक पक्राउ

किशोरी हत्याको आरोपमा एक युवक पक्राउ पाँचथर पाँचथरको हिलिहाङ गाउँपालिकामा गय राती भएको किशारी हत्या प्रकरणका आरोपीत पक्राउ परेका छन् ।

पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं. २ का भगिरथ बाँस्तोला हत्या आरोपमा पक्राउ परेका हुन् । बाँस्तोलाले प्रारम्भिक बयानमा आफु र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर यूवतीको हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाँस्तोला पक्राउ परे पनी अर्का आरोपीत तामाङ भने अझै फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको पाँचथर प्रहरी निरिक्षक अनिल पौडेलले बताए । हिलिहाङ गाउँपालिकामा गय राती कक्षा १० मा अध्ययनरत एक किशोरी मृत फेला परेकी थिइन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पंचमी स्थित कार्तिके भन्ने स्थानमा स्थानीय १५ वर्षिया किशोरी शितल योङहाङको गए राती विभत्स शव फेला परेको थियो ।