मोफसल

इन्टेरनेटमा किशोरीको सुरक्षा ! कसरी ?


पाँचथर : सूचना सञ्चार र प्रविधिमा महिला सहभागिता र इन्टरनेटमा किशोरीको सुरक्षा विषयक दुईदिन कार्यशाला फिदिममा शुरु भएको छ । विभिन्न साझेदार सस्थाहरुको सहयोगमा हेल्पिङ हेण्ड्स पाँचथरले कार्यक्रम आयोजना गरेको हो ।
फिदिम नगरपालिकाको हलमा शुरु भएको कार्यक्रममा सामाजिक सञ्जालको सदुपयोगसँगै इन्टरनेटको दुरुपयोगवाट निम्तिने खतराका विषयमा छलफल भइरहेको छ । कार्यक्रमको उद्घाटन फिदिम नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष सुकपाल तुम्वापोले गर्नुभएको थियो ।
कार्यक्रममा ४० भन्दा धेरै किशोरी सहभागि छन ।