फिचर

दुर्घट्नामा परेका विरामीलाई एयर एम्वुलेन्स मार्फत उद्धार गरी पाँचथरमै उपचार गर्ने सम्मको सम्झौता (भीडीयाे सहित )

पाँचथर : गैर आवसीय नेपाली संघका सस्थापक अध्यक्ष उपेन्द्र देबकोटा नेतृत्वको नेपाल मेडिसिट हस्पिटलले १ नम्बर प्रदेशका पुर्बी पहाडी जिल्लाका विरामीको उपचारका लागि पाँचथरमा काम गर्ने भएको छ ।
जिल्ला स्थित समर्पित हस्पिटलसँग साझेदारीमा काम गर्नेगरी उक्त अस्पतालले शनिवार ७ वुँदे सम्झौता गरेको हो ।
सम्झौता पत्रमा यस क्षेत्रमा हुनसक्ने प्राकृतिक र दैविक विपत्तीमा परेका घाइतेको हेलिकोप्टर मार्फत उद्धार गरी उपचार गर्नेदेखि चिकित्सकको क्षमता अभिबृद्धीका लागि कार्यक्रम सञ्चालन गर्ने सहितको सहमति भएको समर्पित अस्पतालका कार्यकारी निर्देशक सन्देश पराजुलीले वताउनुभयो ।
सर्वसाधारणलाई सुलभ ढंगबाट उपचारका लागि गर्दै आएको सेवा विस्तारका क्रममा अव पाँचथरमा प्रविधि पुर्वाधार र जनशक्ति व्यवस्थापनसँगै चिकित्सकहरुको क्षमता अभिबृद्धीमा जोड दिने मेडिसिटि अस्पतालले जनाएको छ ।
दुई अस्पतालको सहकार्यवाट सामान्य रोगको उपचारका लागि महंगो रकम खर्चेर भारतको सिलिगुडी जानु पर्ने वाद्यता अन्त्य हुने वताइएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुवै अस्पतालका अधिकारीहरुले विरामीको उपचारलाई व्यवसायमा भन्दा सेवामै केन्द्रीत गर्ने प्रतिबद्धता पनि जनाएका छन ।
२ अस्पतालले शुक्रवार जिल्ला समन्वय समिति पाँचथरका प्रमूख र उप प्रमूख,राजनैतिक दलका नेतासँगै उद्योग वाणिज्य संघ र पत्रकार महासंघका नेतृत्व सहित पत्रकारहरुको उपस्थितिमा यस्तो सम्झौता गरेका हुन ।