मोफसल

हिलिहाङका अग्नी पीडितलाई लिम्बुवानले बाँड्यो राहत

पाँचथर : गत चैत २ गते शनिवार भएको आगलागीमा परी घरबार बिहिन पाँचथरको हिलिहाङ गाँउ पालिकाका अग्नी पीडितलाई आज संघीय लिम्बुवान सामाजिक मञ्च युएइले राहत रकम वितरण गरेको छ । आगालागीवाट घरबार विहिन भएका हिलिहाङ ३ का मनप्रसाद पालुङवा,हर्कवहादुर पालुङवा,राजकुमार पालुङवा,वेदमाया पौडेल,डम्बरवहादुर पालुङवा, र धनप्रसाद पालुङवालाई प्रति परिवार १८ हजार ८ सय रुपैंयाका दरले राहत वितरण गरिएको हो ।
पीडितहरुलाई एक कार्यक्रम विच संघीय लिम्वुवान शिक्षक मञ्च पाँचथर जिल्ला अध्यक्ष योगेश योङयाको प्रमूख आतिथ्यमा राहत वितरण गरिएको हो । कार्यक्रममा शिवालय आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउकुमार योङहाङ, हास्य कलाकार फर्सी टाउके (बिशाल योङहाङ), स्थानीय कृष्णराज योङहाङ, सन्तकुमार योङहाङ, सर्णकुमार योङहाङ लगायतको उपस्थिति थियो । संघीय लिम्वुवान युवा मञ्चका हिलिहाङ अध्यक्ष गणेश योङहाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजेश योङहाङले सञ्चालन गर्नुभएको थियो ।
राहत संकलनका लागि संघीय लिम्वुवान पार्टिका केन्द्रीय सदस्य तथा संघीय लिम्वुवान सामाजिक मञ्च युएइका सल्लाहकार रामकुमार योङहाङको पहलमा भएको वताइएको छ ।
जंगलवाट आएको डढेलो गाँउमा पस्दा ६ घरमा क्षति भएको थियो । उक्त आगलागीमा १ करोड वरावरको क्षति भएको थियो ।