फिचर

जिल्ला प्रशासन कार्यालयको गाडीले ठक्कर दिँदा पाँचथरका युवकको मृत्यु

झापाको कन्काई नगरपालिका १ दुर्गापुरमा जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको प्रशासनको ६६–१–०४१४ नम्बरको गाडीले विपरित दिशाबाटतर्फ जाँदै गरेका पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका १ कालीमोडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बिएण्डसी।अस्पताल बिर्तामोड लैजानेक्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने भ्यान र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

स्रोत अन्नपूर्ण