मोफसल

चट्याङ लागेर एकको मृत्यु

झापाको भद्रपुर नगरपालिका ६ मा गयराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे वर्षा सँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय भीम राजवंशी घाइते भएका थिए।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

मृतकको शव परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ ।

स्रोत अन्नपूर्ण