समाज

बैशाख १२ सम्झना

शोभा लुइटेल


४ बर्ष अघि २०७२ सालको बैसाख १२ गते अर्थात आजकै दिन गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिसालि भुकम्प गयो। बिनासकारी भुकम्पले ९ हजार भन्दा बडि नेपालिको ज्यान गयो ।१८ हजार भन्दा बडी घाइते बनायो आजकै दिन मध्यान्न ११:५६ मिनेटको समय थियो सबै जना आ( आफ्नो काममा ब्यास्थ थिए । काम गर्नेहरु काममै तल्लिन थिए ।भने कोहि(कोहि गफ अनि कोहि(कोहि घरका का बाख्रा बस्तुलाइ खोले पानी खुवाउन त कोहि सरसफाइ अनि कोहि खेतिपातिको काममा रमाइरहेका थिए त्यहि समयमा एक्कासी घर हल्लियो घर हल्लिएको केहि समयमै कति घरहरु ढले त्यहि घरमा बसेका कती बृद बृदा बालबालीका अनि आफ्नो काम गरिरहेका अफिसका कर्मचारी अनि कति मिठो सपना देखिरहेका थिए होला ति सपनाहरु एक अर्कामा साटन नपाउदै उनिहरुको ज्यान गयो उनिहरुले भुकम्प गए लगतै एक अर्कामा सम्पर्क बिहिन बने जति हातका ‌औलाहरु दुखाएर फोन डायल गरियो फोन लाग्ने छाटकाट नै थिएन । आफन्तहरु समझेर रुन लागे सबैजना आफू बसेको ठाँउबाट बाहिर निस्केपछि आफ्नो आफन्त घर परिवारको चिन्ता लाग्दो रहेछ । डर लाग्दो गरी कम्पन्न आई रह्दा त बाच्छौ भन्ने कल्पना नै गर्न सकिएन । जब बिपत आउछ त्यतिबेला थाहा हुदो रहेछ। हामीहरुको जिवन कति महत्वपुर्ण छ । दिन भर भूकम्प गयो त्यसको डरले साथी सङगिनि संग बाहिर संगै बस्यौ गफ गर्यौ मान्छे मर्न केही बेर नलाग्ने घरमा पालेका जनावर गाई भैंसी भेडा बख्रा अन्य सबै जनावर बसेकै ठाँउमा उनीहरुको ज्यान गयो। जब रात पर्यो अनि हामी त्रिपाल किन्न देखि लिएर काहाँ बस्ने के गर्ने के खाने भन्ने ठाँउहरु खोजि गर्न थाल्यौ । आफुलाई रात भर सुरक्षित राख्न एकैछिनमा विभिन्न संरचनाहरु कटेजहरु तयार पारियो । आखिर त्यतिले मनको डर त काहां भाग्दो रहेछ र रातभर निन्द्रा लागेन अनिदो बसियो मनमा विभिन्न चिन्ता विल्कुलै हराएन । मलाई एउटै प्रश्नले मनपिरोली रहयो भुकम्प गएको ४ बर्ष वितिसक्यो तर पनि यो प्रश्नले खोजेको जवाफ पाउन सकिन । लाग्छ आफुले बुनेको लाखौ करोडौ सपनाहरु विनाश आयो भने हुरिबतास संगै क्षणिकमै उडाउने रहेछ ।जब भुकम्प गयो मेरो मनमा एउटा कुरा खेलिरहयो आफुले बनाएका भौतिक संरचनाहरु कतै हाम्रै ज्यान लिनका लागि त हैनरुभुकम्प गएको ४ बर्ष त सहजै बित्यो होला तर तपाई हाम्रो मनको पिडा चाहेर नि भुल्न सकेका छैनौ मस्त निन्द्रामा परेको वेला भुकम्प आइहाल्यो भने सपना देखदै किन नहोस उठेर दगुर्न अनि आफन्तको सम्झना आइहाल्छ भनिन्छ ू वनको बाघले खाओस नखाओस मनको बाघले खाइदिन्छू भने जस्तै त्यो भन्दा फरक आफुमा पाउन सकिन आज पनि जति सुकै स(साना पराकम्प आउछ होस हवास उड्छ। पत्तै हुदैन महिनै पिच्छे १२ ,१३ र २९ गते आउछ बैशाखलाई सम्झाउछ मन झसङग हुन्छ। आज पनि भुकम्प आउने पो हो की ?