खेलकुद

नेपाली मैदानमा बिदेशी खेलाडीको बर्चश्व (भीडियो सहित )

लक्ष्मी गौतम
पाँचथर : पछिल्लो समय नेपाली फुटबल प्रतियोगितामा विदेशी खेलाडीको सहभागिता बढेको छ । खेलाडी उत्पादनमा अखिल नेपाल फुटबल संघ र क्लबले आवश्यक चासो नदिएकाले मोफसलका प्रतियोगितामा समेत विदेशी खेलाडीको उपस्थिति बाक्लिएको हो ।
पाँचथर सदरमुकाम फिदिममा जारी पाँचथर गोल्डकपको तेस्रो संस्करणमा १० टिम सहभागी छन् । जसमध्ये आयोजक झापा र मोरङ बाहेक सबै टिमले विदेशी खेलाडीलाई मैदानमा उतारेका छन् । यो त पछिल्लो उदाहरण मात्र हो । फागुनमा इलाममा भएको माइभ्याली गोल्डकप र पुसमा फिदिमै भएको फाल्गुनन्द गोल्डकपमा पनि प्रतिस्पर्धी क्लब विदेशी खेलाडीसहित मैदानमा उत्रिएका थिए । पछिल्लो समय स्थानीयस्तरमा हुन थालेका फुटबल प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । राज्य र एन्फा जस्ता निकायले स्वदेशमै खेलाडी उत्पादन गर्न ध्यान नदिँदा यस्तो भएको खेलाडीहरु वताँउछन ।
ठाँउ ठाँउमा प्रशिक्षण केन्द्र खोलेर राज्यले खेलाडी उत्पादनको नीति नलिएसम्म सुधार हुनै नसक्ने औंल्याउँछन अन्डर २३ का राष्ट्रिय खेलाडी निरज वस्नेत ।
खेलाडी उत्पादनमा सरकारले पर्याप्त लगानी गरेकै छैन, नेपाल फुटबल संघ एन्फा र सम्बन्धित क्लबले पनि प्राथमिकता दिएका छैनन् । एन्फाले प्रत्येक टिमले ४ जनासम्म विदेशी खेलाडी अनुबन्धित गर्न पाउने निर्णय गरेको छ । क्लबहरुमा पनि विदेशी खेलाडीविना उपाधि जितिंदैन भन्ने मानसिकता विकास भएको छ । जसका कारण मोफसलका प्रतियोगितामा समेत विदेशी खेलाडीको उपस्थिति बढेको हो ।
बिदेशी खेलाडीको शारिरिक वनावटको फाइदा उठाँउदै खेल जित्न सकिने भएकाले पनि नेपालका १४ वटा ए डिभिजन क्लवमध्ये तीनवटा विभागीय वाहेक सवै टिममा विदेशी खेलाडी राखिएको जानकारहरु वताँउछन

नेपाली क्लवहरुमा विदेशी खेलाडीको वढदो उपस्थितिका कारण भविष्यमा पर्ने प्रभावको नजर अन्दाज गर्दै राज्य र एन्फा सहित खेल क्षेत्रका सरोकारवालाले नेपाली खेलाडी उत्पादनका लागि नीति वनाउनु आवस्यक देखिएको छ ।

नेपालका १४ ए डिभिजन मध्ये तीनवटा विभागीय वाहेक वाँकी ११ टिममा विदेशी खेलाडी छन
स्रोतका अनुसार एक खेलाडीले प्रति खेल १० हजार रुपैंया न्युनत्तम शुल्क लिन्छन ।
मासिक तलव ४ सय डलरवाट शुरु भएर १ हजार डलरसम्म छ ।